बोलबम धाम

पर्रोहा बोलबममा लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा सरसफाई एवं पानी वितरण

पर्रोहा बोलबममा लायन्स क्लब अफ सैनामैना बोलबमद्वारा सरसफाई एवं पानी वितरण

१२ साउन /कृष्ण भण्डारी सैनामैना नगरपालिकामा अवस्थित अन्तर्राष्ट्रिय क्लब मध्यको एक लायन्स क्लब अफ सैनामैना बोलबमले आज एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाको वडा नम्बर १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा सरसफाईसँगै पिउने पानी वितरण गरेको छ। प्रमुख अतिथी डिस्ट्रीक्ट गभर्नर बालाराम भट्टराईलेलायन्स क्लबले यस्ता धार्मिक स्थलहरुको संरक्षण र सम्बर्द्धनमा पनि सेवा र सहयोग पुर्याउदै आइरहेको र आगामी दिनमा पनि क्लबले यस्ता कार्यलाई निरन्तरता प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो। यसका साथै बोलबम धामको व्यवस्थापन समितिलाई धन्यवाद एवम प्रगतिको शुभकामना पनि प्रदान गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि बोलबम धामका प्रमुख संरक्षक धर्मगुरु व्यासाचार्य किशोर कुमार गौतमले छोटो मन्तव्य राख्दै क्लबको…
Read More
पर्रोहा बोल बमधाममा अर्थमन्त्री विष्णु पौडेल, नन्दीको प्राणप्रतिष्ठान

पर्रोहा बोल बमधाममा अर्थमन्त्री विष्णु पौडेल, नन्दीको प्राणप्रतिष्ठान

सैनामैना , साउन ७ रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह आयोजना गरिएको थियो । प्राणप्रतिष्ठा समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पर्रोहा बोलबम धामको महत्त्व विश्वरभर उजागर गर्न जोड दिनुभयो। उहाँले हाल धामको ऐतिहासि र धार्मिक महत्व अनुसारको भौतिक अवस्था मेल नखाएको बताउँदै अब यसलाई व्यवस्थित र आकर्षक बनाई विश्वभर प्रचार–प्रसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पौडेलले गुरुजन, भक्तजन, राजनीतिकर्मी र स्थानीयसँगको छलफलपछि गुरुयोजना तयार पारी मन्दिरको पुन निर्माण र अन्य संरचना निर्माणका काम अगाडि बढाएको जानकारी दिनुभयो।…
Read More
साउनको पहिलो सोमवार पर्रोहा बोलबम धाममा हजारौ भक्तजनको घुइँचो

साउनको पहिलो सोमवार पर्रोहा बोलबम धाममा हजारौ भक्तजनको घुइँचो

आज साउन महिनाको पहिलो सोमवार सैनामैना नगरपालिका–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा हजारौं भक्तजनको भीड लागेको छ । बिहानैदेखि विभिन्न स्थानबाट जल लिएर आएका श्रद्धालुभक्तजहरूले बोलबम, हर हर महादेवको जयकार सहित शिवलिङ्गमा जल अर्पण गरेका छन् । धाम व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीका अनुसार आजको दिन मात्रै करिब ३० हजार भक्तजनले जल चढाउने अनुमान गरिएको छ । उनका अनुसार श्रद्धालुभक्तजनको संख्या वर्षेनी बढ्दै गएको र व्यवस्थापन पक्ष पनि अझ व्यवस्थित बनाइँदै गएको छ। श्रावणी मेलाको विशेष अवसरमा मेलाको वातावरण निकै भक्तिपूर्ण र उल्लासमय देखिएको छ । पञ्चेबाजा, झाँकी, भजन–किर्तनसहितको शोभायात्राले मेलालाई अझ आकर्षक बनाएको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.