
पर्रोहा बोल बमधाममा अर्थमन्त्री विष्णु पौडेल, नन्दीको प्राणप्रतिष्ठान
सैनामैना , साउन ७ रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह आयोजना गरिएको थियो । प्राणप्रतिष्ठा समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पर्रोहा बोलबम धामको महत्त्व विश्वरभर उजागर गर्न जोड दिनुभयो। उहाँले हाल धामको ऐतिहासि र धार्मिक महत्व अनुसारको भौतिक अवस्था मेल नखाएको बताउँदै अब यसलाई व्यवस्थित र आकर्षक बनाई विश्वभर प्रचार–प्रसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पौडेलले गुरुजन, भक्तजन, राजनीतिकर्मी र स्थानीयसँगको छलफलपछि गुरुयोजना तयार पारी मन्दिरको पुन निर्माण र अन्य संरचना निर्माणका काम अगाडि बढाएको जानकारी दिनुभयो।…