साउनको पहिलो सोमवार पर्रोहा बोलबम धाममा हजारौ भक्तजनको घुइँचो

आज साउन महिनाको पहिलो सोमवार सैनामैना नगरपालिका–१ स्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा हजारौं भक्तजनको भीड लागेको छ । बिहानैदेखि विभिन्न स्थानबाट जल लिएर आएका श्रद्धालुभक्तजहरूले बोलबम, हर हर महादेवको जयकार सहित शिवलिङ्गमा जल अर्पण गरेका छन् ।

धाम व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर कार्कीका अनुसार आजको दिन मात्रै करिब ३० हजार भक्तजनले जल चढाउने अनुमान गरिएको छ । उनका अनुसार श्रद्धालुभक्तजनको संख्या वर्षेनी बढ्दै गएको र व्यवस्थापन पक्ष पनि अझ व्यवस्थित बनाइँदै गएको छ।

श्रावणी मेलाको विशेष अवसरमा मेलाको वातावरण निकै भक्तिपूर्ण र उल्लासमय देखिएको छ । पञ्चेबाजा, झाँकी, भजन–किर्तनसहितको शोभायात्राले मेलालाई अझ आकर्षक बनाएको छ । मेलामा सुरक्षा व्यवस्था कडा पारिएको छ, सैनामैना क्षेत्रका विभिन्न विद्यालयहरुबाट स्वयंसेवक विद्यार्थी तथा सैनामैनाका विभिन्न वडाका युवाहरु आएर स्वयंसेवका रुपमाकाम गर्ने, सरसफाइ गर्ने गरेका छन् भने श्रद्धालुभक्तजनको सुविधाका लागि खानेपानी, स्वास्थ्य सहायता कक्ष व्यवस्था गरिएको छ ।

बुटवल ११ देविनगर निवासी लक्ष्मी वली क्षेत्री हरेक साल साउनमा बोलवमको आस्था लागेर सोमबारका दिन आउने गरेको बताइन् । क्षेत्रीले अहिले मात्र नभएर शिव रात्रीमा पनी यँहा मेला लाग्ने गरेको र यहाँ आएपछि मनमा शान्ति मिल्ने, भगवान शिवको दर्शन गर्दा सबै पाप मेटिने महशुस भएको अनुभव सुनाइन । यस्तै, स्थानिय सैनामैना २ निवासी सम्झना खनालले आफुलाई भगवाल प्रति विश्वास भएको ले एक्लै भएपनि जल लिएर चढाउन आएको सुनाइन । खनाल सानै देखि भजन कृतनमा रुची राख्ने भएकोले पनि वोलवममा विश्वास वढेको बताइन । यसले हाम्रो धर्म सस्कार र अनुशासन बन्न सिकाउने उनको भनाइ छ ।

धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने यो स्थलमा गुरुपुर्णिमा देखी जनै पुर्णिमा सम्म १ महिनाभ मेलाको चहलपहल रहनेछ । शनिवार, सोमबार र बुधवार अरु दिनको तुलनामा दर्हनार्थीको बढी भिड हुने आयोजक समितिले जनाएको छ ।

By Aru khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.