पर्रोहा बोल बमधाममा अर्थमन्त्री विष्णु पौडेल, नन्दीको प्राणप्रतिष्ठान

अर्थमन्त्री विष्णु पौडेल

सैनामैना , साउन ७

रुपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबम धामले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको विशेष उपस्थितिमा नन्दी भगवानको प्राणप्रतिष्ठा सम्पन्न गरेको छ। सात दिनसम्म चलेका विभिन्न धार्मिक अनुष्ठानहरूको समापनसँगै बुधबार यो महत्त्वपूर्ण समारोह आयोजना गरिएको थियो ।

प्राणप्रतिष्ठा समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले पर्रोहा बोलबम धामको महत्त्व विश्वरभर उजागर गर्न जोड दिनुभयो। उहाँले हाल धामको ऐतिहासि र धार्मिक महत्व अनुसारको भौतिक अवस्था मेल नखाएको बताउँदै अब यसलाई व्यवस्थित र आकर्षक बनाई विश्वभर प्रचार–प्रसार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पौडेलले गुरुजन, भक्तजन, राजनीतिकर्मी र स्थानीयसँगको छलफलपछि गुरुयोजना तयार पारी मन्दिरको पुन निर्माण र अन्य संरचना निर्माणका काम अगाडि बढाएको जानकारी दिनुभयो। पहिलो चरणका कामहरू सम्पन्न भइसकेको र बाँकी संरचनाका लागि बजेट व्यवस्थापन गर्ने आश्वासन पनि उहाँले दिनुभयो।
अर्थमन्त्री पौडेलले सैनामैना नगरपालिकालाई विकासबाट पछि पर्न नदिने बताउनुभयो। उहाँले सैनामैनालाई व्यवस्थित र विकसित सहर बनाउने बचा पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

जनताको आँखामा आँखा जुधाएर भन्नुपर्दा, सैनामैनालाई विकसित नगरपालिका बनाउने हाम्रो चाहना र सपना पूरा गर्नका लागि हामी पूर्ण प्रतिबद्ध छौँ। यो वर्षदेखि लामो समयदेखि प्रतिक्षित लामिदह निर्माणको काम सुरु गर्नेछौँ उहाँले भन्नुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीले पर्रोहा धामको मुख्य मन्दिर पुन निर्माण गरि व्यवस्थित र आकर्षक बनाउने गरि पहिलो चरणको काम सम्पन्न भएको छ । निर्मित नयाँ मन्दिरले पशुपतिनाथ मन्दिरको झल्को दिने गरेको छ ।
यसका लागि सङ्घीय सरकारबाट ५ करोड र सैनामैना नगरपालिकाबाट २ करोड गरी कुल ७ करोड रुपैयाँ काम सम्पन्न भएको छ। भने बाँकी संरचना निर्माणका लागि अझै ७ करोड लाग्ने भन्दै कार्कीले सङ्घ, प्रदेश र स्थानीय सरकारबाट थप सहयोगको आग्रह गर्नुभयो।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले पर्रोहा बोलबम धामलाई धार्मिक आस्थाको केन्द्र मात्र नभई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा चिनाउने गरि नगरपालिका अघि बढेको र निर्माण संरचनालाई पूर्णता दिन नगरपालिका सधैँ प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

पर्रोहा परमेश्वर बोलबम धामका संरक्षक व्यासाचार्य किशोर गौतमले स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गको रुपमा प्रमाणित हुँदै गएको बताए ।
उनले बुद्धकालीन सभ्यतासँग जोडिएको पर्रोहा बोलबम धाम ऐतिहासिक र पुरातात्विक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे । यस धामले धार्मिक मात्र नभई ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको महत्वलाई पनि उजागर गरेको छ ।

बोलबम धाम समितिका वरिष्ठ उपाध्यक्ष दुलबहादुर थारुको धन्यवाद ज्ञापन र सञ्चारकर्मी कृष्ण भण्डारीको सञ्चालनमा भव्य कार्यक्रम सम्पन्न भएको थियो।

By Aru khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.